जनता टाइम्स

१५ माघ २०७६, बुधबार १३:१३

भारतीय विदेश सचिवमा हर्ष बद्र्धन श्रीङ्ला नियुक्त


नयाँदिल्ली, माघ १५

संयुक्तराज्य अमेरिकाका लागि भारतीय कुटनीतिज्ञ हर्ष बद्र्धन श्रीङ्लालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ । नवनियुक्त सचिव हर्ष बद्र्धनले कार्यभार ग्रहण गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्रीको निर्देशन बमोजिम भारतको सर्वोत्तम हितका लागि कार्य गर्ने बताउनुभयो ।

भारतीय विदेश सचिव विजय गोखलेको कार्यकाल समाप्त भएपछि भारत सरकारले विदेश मन्त्रालयका वरिष्ट कुटनीतिज्ञ श्रीङ्लालाई विदेश सचिवमा नियुक्त गर्ने गत महिना नै निर्णय गरेको थियो । भारतीय विदेश मन्त्रालयले तरन्जित सिंह सन्धुआसलाई अमेरिकाका लागि भारतीय राजदूतमा नियुक्त गरेको छ ।