जनता टाइम्स

१९ माघ २०७६, आईतवार १३:२२

नेकपा सचिवालय बैठक : अध्यक्षद्वयले जवाफ दिने, यसरी सकिदैछ केन्द्रीय कमिटि बैठक


काठमाडौं, माघ १९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटि बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षद्वयले दिनु हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनु हुने निर्णय गरेको हो ।

यसैगरी सांगठनिक र विधान संशोधनका विषयमा उठेको प्रश्नको जवाफ महासचिव विष्णु पौडेलले जवाफ दिने निर्णय गरेको छ । त्यस्तै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकको पाँचौँ तथा अन्तिम दिन सुरुमै अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।

त्यस लगत्तै राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पास गर्ने प्रक्रिया सुरु हुनेछ । बैठकको समापनमा भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्ने बताइएको छ । केन्द्रीय कमिटि बैठक केही बरेमा शुरु हुदैछ । सचिवालयले केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने निर्णय पनि गरेको छ ।