जनता टाइम्स

२७ माघ २०७६, सोमबार १६:५१

हत्या अपडेट : पूर्वसचिव कार्कीकी श्रीमतिको हात बाधेपछि हत्या ! यसरी खुल्यो रहस्य


काठमाडौं, माघ २७

सरकारका पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीको हात बाधेर धारिलो हतियार प्रहार भएको खुलेको छ । प्रारम्भिक अनुसन्धान अनुसार टाउकोमा गम्भीर चोट लागेकी कार्कीको हात बाधेको र घाटीमा निलडाम देखिएको हो । उनको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

अस्पताल स्रोतका अनुसार अचेत अवस्थामा अस्पताल पुर्‍याइएकी मुनाको हातमा डोरी बाँधिएको र घाँटीमा डाम देखिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार मुनाको निधारमा कुनै गह्रंगो वस्तुले प्रहार गरेजस्तो देखिन्छ । यता, हत्याबारे प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको विवरण र सीसीटीभी फुटेज अध्ययन शुरु गरेको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको घरमा रहेका ३ वटा सीसीटिभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य हेरेका थिए । प्रहरी स्रोतका अनुसार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनाको हात बाँधेका थिए । त्यसपछि ती दुवैबीच केहीबेर घम्साघम्सी भयो, तर मुनाको केही लागेन । ‘प्लास्टिकको पहेंलो डोरीले पछाडिबाट मुनाको हात र घाँटीमा कसेको देखिन्छ’, स्रोतले भन्यो, ‘त्यसपछि मुना भुईंमा लडिन् । अनि निलो पिर्काले मुनाको टाउकोमा हानेका थिए ।’ यो घटना भान्साकोठामा भएको थियो । त्यसपछि चौधरीले मुनालाई घाटीमा डोरी लगाएर समातेर घिसारेको देखिएको छ । प्रहरी स्रोतको दाबीअनुसार चौधरी त्यसपछि किचनसँगैको बरण्डामा गएर डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

सानेपा हाइट घर भएका पूर्व सचिव कार्की सोमवार पशुपति दर्शन गर्न गएका बेला उनकी श्रीमती मुनाको सानेपा हाइटस्थित घरमा हत्या भएको थियो । मुनालाई अपराह्न सवा १२ बजे स्थानीय केही छिमेकीले सानेपास्थित स्टार अस्पताल ल्याएका थिए ।