जनता टाइम्स

२९ माघ २०७६, बुधबार ०८:२७

ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु, १५ घाइते


नवलपरासी माघ २९ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा गए राती भएको ट्याक्टर दुर्घटनामा परी चारको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरेबाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको छ । र्दुर्घटनामा १५ जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा रहेका छन । मृत्यु हुनेमा ५० बर्षीय यमसिहं सारु मगर, ३२ बर्षीय नरबहादुर सुस्लिगं मगर, २५ बर्षीय का नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र बर्ष ४५ का पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना साँझ ८ बजे तिर भएका पनि बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका स्थानीय शिक्षक भबिलाल रानामगरले बताउनुभयो । दुर्घटनामा घाइते भएकाहरुमध्ये दुर्इको अबस्था गम्भीर रहेको र घाइतेलाई भरतपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।