जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार ०७:५३

कालोपुलमा युवतीमाथि एसिड प्रहार, एक जना पक्राउ


काठमाडौ, २ जेठ । काठमाडौंको कालोपुलमा एक किशोरीमाथि एसिड प्रहार भएको छ ।

दोलखा घर भएकी २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भएको हो । एसिड प्रहार गरेको आरोपमा काभ्रे घर भएका २८ वर्षीय विष्णु भुजेल पक्राउ परेको प्रहरी परिषरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

भुजेललाई काठमाडौं प्रहरी परिषरबाट खटिएको विशेष टोलीले काँडाघारीबाट पक्राउ गरिएको हो । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको र चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको थियो । तर त्यहाँ बर्नवार्ड नभएकाले अहिले कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । खड्काको घाँटी, छाती र हातमा धेरै असर गरेको कीर्तिपुर अस्पतालका डाक्टर अनुजराज कर्णिकारले बताउनुभयो ।