जनता टाइम्स

२९ माघ २०७६, बुधबार १८:५५

पृथ्वीमा यति टाढाबाट निरन्तर आईरहेको छ यस्तो सन्देश


काठमाडौं, माघ २९

वैज्ञानिकहरुले अन्तरिक्षबाट अनौठो रेडियो संकेत पृथ्वीमा प्राप्त गरिरहेका जानकारी दिएका छन् । प्रत्येक १६–१६ दिनमा पृथ्वीले अन्तरिक्षबाट अनौठो रेडियो संकेत पाइरहेको हो ।

बैज्ञानिकहरुका अनुसार उक्त रेडियो संकेतहरु पृथ्वीभन्दा ५० करोड प्रकाशवर्ष टाढादेखि आइरहेका छन् । अर्थात प्रकाशको गतिमा जाने हो भने पनि सो रेडियो संकेत पठाउने ठाउसम्म पुग्न ५० करोड वर्ष लाग्छ । प्रकाश प्रति सेकेण्ड झण्डै तीन लाख किलोमिटरको गतिमा हिड्ने गर्दछ ।

सन् २०१८ को सेप्टेम्बरदेखि सन् २०१९ को अक्टोबर ३० सम्म वैज्ञाकिहरुले दर्जनौंपटक अन्तरिक्षबाट रेडियो संकेत प्राप्त गरेका थिए । प्राप्त गरेको रेडियो संकेत हिसाब गर्दा प्रत्येक १६.३५ दिनमा उक्त रेडियो संकेतहरु पृथ्वीमा रेकर्ड गरिएका छन् । वैज्ञानिकहरुले पृथ्वीमा रेडियो संकेत पठाउने चिज के हो भनेर पत्ता लगाउन सकेका छैनन् । यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । एजेन्सी