जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार १४:४९

हिमपहिरोमा एकै परिवारका चार सदस्यको मृत्यु, दुई बेपत्ता


निली, फागुन १

अफगानिस्तानको एक प्रान्त दायकुन्डीको एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार बताउनुभएको छ । दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ ।

बुधवार अवेर राति घर हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएको सरकारका प्रवक्ता सकीना एहसानीले सिन्ह्वालाई बताउनुभएको छ । स्थानीय गाउँलेहरुले चार जनाको लास भेट्टाएको र यसै परिवारका एक सदस्य घाइते भएका र उनलाई उद्धार गरेको अझै दुई जना बेपत्ता रहेका प्रवक्ता बताउनुभएको छ । अफगानिस्तानको राजधानी काबुलबाट २९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने प्रान्तमा अन्य तीनको मृत्यु भएपछि यो सङ्ख्या सात पुगेको छ ।