जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार ०४:२१

यसरी समाधान गर्नुपर्छ सीमासम्बन्धी विवाद


हामी कोही कसैले पनि लिम्पियाधुरासहितको नक्सा सानैदेखि पढेको होइन । लिम्पियाधुरा बाहेकको नक्सा नै पढेका हौं । यथार्थमा म आफू २०१२ सालदेखि स्कुल जान थालेको, २०१५/०१६ साल पुगेपछि नेपालको नक्साको बारेमा जानकारी हुनथाल्यो । त्यसबेलादेखि थाहा पाउँदा लिम्पियाधुरा नेपालको नक्सामा सामेल थिएन । यो लिम्पियाधुरा क्षेत्रको मात्रै होइन, लिम्पियाधुरा त त्यति विवादमै थिएन, महाकाली सन्धिको प्रसंगमा मेरो नेतृत्वमा कार्यदल बनेपछि लिम्पियाधुराबाट उद्गम हुने नदी कालीनदी रहेछ र कालापानीमा भारतीय फौज पनि रहेछ भनेर हामीले पहिलो पटक प्रतिवेदन प्रस्तुत गरेका हौं

केपी शर्मा ओली, प्रधानमन्त्री

राष्ट्रियताको सवालमा जुन सजगता राखियोस भनेर ध्यानाकर्षण गर्नुभएको छ, यो एकदम राम्रो कुरा हो । यसमा पनि लिम्पियाधुरा, लिपुलेक, कालापानीसम्म पनि भारतीय नक्सामा राखेर भारतको नक्सा पहिले नै छापिएको थियो, ८औं संस्करण फेरि हालै छापियो । त्यसलाई सच्याउनुपर्छ भन्ने सम्बन्धमा साथीहरुको सुझाव राम्रो छ, यसले सरकारलाई बल पुगेको छ । त्यो नक्सा छापिनेवित्तिकै नेपाल सरकारले भारतलाई पत्र लेखेर इतिहासमा पहिलो पटक कालिनदीको उद्गमस्थल लिम्पियाधुरा हो । र, कालीनदी भन्दा पूर्वका त्यहाँ विभिन्न नाम छन, हामीले साधारणतया लिम्पियाधुरा भन्ने गर्छाैं ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र नेपालको हो भनेर प्रमाणहरुले पुष्टि गर्छन । त्यसकारण तपाईंहरुले नेपाललाई फिर्ता गर्नुपर्छ भनेर नेपाल सरकारले लेखेर पठाएको छ । त्यसका निम्ति संवाद गरौं भनेर नेपालले प्रस्ताव राखेको छ, लिखितरुपमै । र, भारतले संवाद गर्ने भनेको छ, तर संवाद गर्न उसले समय मिलाइराखेको छैन, मिलाउला नै । हामीले खासगरी संवादबाटै समस्याको समाधान गर्ने हो । अर्को नेपालले आफ्नो नक्सा छाप्नुपर्यो भन्ने कुरा यो खास महत्वको कुरा होइन । किनभने, त्यसले नेपालको भूभाग यताउता पार्ने होइन ।

हामी कोही कसैले पनि लिम्पियाधुरासहितको नक्सा सानैदेखि पढेको होइन । लिम्पियाधुरा बाहेकको नक्सा नै पढेका हौं । यथार्थमा म आफू २०१२ सालदेखि स्कुल जान थालेको, २०१५/०१६ साल पुगेपछि नेपालको नक्साको बारेमा जानकारी हुनथाल्यो । त्यसबेलादेखि थाहा पाउँदा लिम्पियाधुरा नेपालको नक्सामा सामेल थिएन । यो लिम्पियाधुरा क्षेत्रको मात्रै होइन, लिम्पियाधुरा त त्यति विवादमै थिएन, महाकाली सन्धिको प्रसंगमा मेरो नेतृत्वमा कार्यदल बनेपछि लिम्पियाधुराबाट उद्गम हुने नदी कालीनदी रहेछ र कालापानीमा भारतीय फौज पनि रहेछ भनेर हामीले पहिलो पटक प्रतिवेदन प्रस्तुत गरेका हौं । त्यसपछि कालापानीमा नेपाली भूभाग अकुपाई गरेको रहेछ भन्ने थाहा भयो । त्यो १९५५ देखि अकुपाइ गरेको रहेछ ! कसैले १९६२/१९६४ तिरदेखि भन्छन, तर त्यसपछि प्रयोग गरेको हो । उत्तरी सीमानामा चेक पोष्टहरु राख्दा कालापानीमा राखेको होइन, त्यसभन्दा अगाडिदेखि कालापानीमा राखेको थियो र नक्सा आदिबाट लिम्पियाधुरा उसले अलिक अगाडिदेखि आफ्नो बनाउने प्रक्रिया प्रारम्भ गरेको थियो ।

नक्सा बनाएर चित्त बुझाउने होइन, नेपाली भूमि फिर्ता लिएर छाड्ने नै हाम्रो अठोट छ, मोदीजीलाई सीमासम्बन्धी विवाद टुंगो लगाउनु पर्ने छ, भेटेर कुरा गरौं भनेको छु 

तैपनि नेपालले तिरो उठाउने काम गरिराखेको थियो । विस्तारै विस्तारै त्यसलाई भारतले आफ्नो बनाइराखेको थियो । त्यतिबेलाका सरकार चुपचाप बसे । मैले अगाडि पनि भने नि यो नक्सा ८ औं संस्करण हो, नयाँ होइन । ८ औं संस्करण भए पनि अनुपयुक्त हो । जुन नक्सा उसले जारी राख्यो, त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ । यसमा हामीले नक्सा बनाएर चित्त बुझाउने होइन, नेपाली भूमि फिर्ता लिएर छाड्ने नै हाम्रो अठोट छ । म साथीहरुलाई त्यतापट्टि आस्वस्त रहन आग्रह गर्न चाहन्छु र हामीले ठोस रुपमा कुरा गरेका छौं ।

मैले मोदीजीसँग टेलिफोनमा कुरा गरेको छु, सीमासम्बन्धी विवादहरु हामीले टुंगो लगाउनु पर्ने छ, भेटेर कुरा गरौं भनेको छु । मन्त्रिस्तरीय र सचिवस्तरीय, पहिले सचिवस्तरीय छलफलबाट अगाडि बढाउनेभन्ने कुरा भएको छ । त्यसकारण यो कुराकानीबाटै टुंगो लगाउनेमा आश्वस्त हुनुभए हुन्छ ।

( वाम समूहका नेताहरुले बिहीवार बुझाएको ज्ञापनपत्रपछि प्रधानमन्त्री ओलीले राख्नुभएको बिचार )