जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार ११:४७

‘प्रेम जीवनको अभिन्न अंग हो, दिवसमा कसरी सिमित हुन सक्ला र’


काठमाडौं, फागुन २

प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि भ्यालेन्टाइन डे मनाउनु भएको छ । यद्यपी उहाले प्रेमलाई दिवसले समेट्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

मुख्यमन्त्री पोखरलेले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र पत्नी सुजाता शाक्यको तस्विर राख्दै प्रेम जीवनको अभिन्न अंग भएको उल्लेख गर्नुभएको छ । ‘प्रेम जीवनको अभिन्न अंग हो । दिवसमा कसरी सिमित बन्न सक्ला र !! तरपनि शुभकामना’ भन्दै शुभकामना दिनुभएको छ ।