जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार १२:०३

बामदेवले जब घुडा टेकेर श्रीमतिलाई गुलाफको फुल दिनुभयो


काठमाडौं, फागुन २

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफ्नी धर्मपत्नीलाई गुलाफ दिएर भ्यालेन्टाइन डे मनाउनु भएको छ । भ्यालेन्टाइन डे का दिन आज शुक्रबार पारेर उहाले आफ्नै निवास भैसेपार्टीमा श्रीमति तुलसी थापा गौतमलाई गुलाफको फुल दिनु भएको हो ।

विहान उहाले घुडा टेकेर युवा शैलीमा रातो गुलाफको फुल दिनु भएको हो । हसिलो मुद्रामा उपाध्यक्ष गौतमले फुल दिदाँ उहाकी श्रीमति तुलसीको अनुहार भने खुशी र लाजले रातो भएको थियो । गौतमले श्रीमति तुलसी थापा गौतमलाई गुलाफ दिएको तस्वीर उहाका छोरा हरिस गौतमले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको हो ।