जनता टाइम्स

४ फाल्गुन २०७६, आईतवार ०९:०४

गृहनगर झापा आउदै प्रधानमन्त्री, यस्तो छ कार्यतालिका


दमक, फागुन ४

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहनगर झापा आउदै हुनुहुन्छ । विभिन्‍न परियोजना उद्घाटन गर्न उहा विहान दमक आउने कार्यक्रम रहेको हो ।

प्रधानमन्त्रीको सचिवालय सदस्य होमबहादुर थापाका अनुसार ओली आइतबार बिहान भद्रपुर विमानस्थल हुँदै दमक आउने कार्यक्रम छ । भद्रपुर विमानस्थलबाट सोझै दमक आउनुहुने प्रधानमन्त्री ओली बिहान ११ बजेदेखि विभिन्‍न शिलन्यास र उद्घाटनका कार्यक्रममा व्यस्त हुनुहुनेछ ।

विमानस्थलबाट दमक आउने उहाले दमक–४ मा कृष्णमन्दिर–बेलडाँगी सडक उद्घाटन गर्ने र त्यसलगत्तै दमक–३ र मोरङको मिक्लाजुङ् जोड्ने स्थानमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यी दुवै योजनाको अघिल्लो पटक प्रधानमन्त्री हुँदा उहाले शिलन्यास गरेका गर्नुभएको थियो । यी योजनाको उद्घाटन पछि उहा झापाबाट ईलाम र पाँचथर जोड्ने दमक–चिसोपानी–रवि सडकको शिलन्यासका लागि दमक–२ पुग्नु हुनेछ ।

शिलन्यासपछि प्रधानमन्त्री ओलीले दमक–२ को बेलडाँगीमा आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीसँगै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङ पनि सहभागी हुनुहुने बताइएको छ ।