जनता टाइम्स

४ फाल्गुन २०७६, आईतवार १७:४२

महराको मुद्दामा आइतवार फैसला हुन नसक्नुको यस्तो छ कारण


काठमाडौं, फागुन ४ बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज हुने भनिएको फैसला सरेको छ । मुद्दामा बहस सकिए पनि फैसला भने सोमबारमा मात्र हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा महराविरुद्धको मुद्दाको बहस सकिएपछि फैसला हुने आजै तयारी गरिएको थियो । तर, थप केही अध्ययन गर्नुपर्ने भएकाले आज हुने भनिएको फैसला सोमबार मात्र हुने काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिनुभयो । अध्ययन गर्न समय अभाव भएकाले फैसाला आइतबार गर्न नसिकएको उहाको भनाइ छ । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो ।

सो मुद्दामा महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए । महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए । यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ ।