जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार १४:०८

शिवमाया तुम्बाहङ्फे कानुनमन्त्री, ३:३० बजे सपथ


काठमाडौ, फागुन ५

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुने हुनुभएको छ । रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । प्रेस सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनु भएको छ । सपथका लागि शितल निवासमा तयारी भइ रहेको राष्ट्रपतिका सल्लाहकार डा. भेषराज अधिकारीले बताउनुभयो । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ ।