जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार १७:१४

कानुनमन्त्री तुम्बाहाङ्फेले सपथ लगत्तै कार्यभार सम्हाल्न सिंहदरवारमा


काठमाडौं, फागुन ५

शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार सपथ ग्रहण गरे लगत्तै कार्यभार सम्हाल्नु भएको छ । तुम्बाहाङ्फेले सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उहालाई पद तथा गोपनियताको सपथ दिलाउनु भएको थियो । यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिइएको थियो । नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले आजै सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार समेत ग्रहण गर्नुभएको छ ।