जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार १७:२६

उहि रातो कार चढेर घर फर्किए महरा


काठमाडौं, फागुन ५

बलात्कार मुद्दामा करिव साढे चार महिना हिरासत र जेल जिवन बिताएर सफाइ पाएका तत्कालिन सभामुख कृष्णबहादुर महरा थुनामुक्त हुनु भएको छ । जिल्ला अदालत काठमाडौंले उहालाई निर्दोष सावित गरेपछि महरा डिल्लीबजारस्थित कारागारबाट थुनामुक्त हुनु भएको हो ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाउदै अभियोगमा दाबी नपुग्ने ठहर गरेको थियो । गत असोज १२ गते राति संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको र कुटपिट गरेको उजुरी परेपछि प्रहरीले असोज १९ गते महरालाई निवासबाट पक्राउ गरेको थियो ।

प्रक्राउ परेका बेला महराले प्रहरीको गाडी चढ्न नमानेपछि बा १८ च ४०० नम्बरको निजी रातो कार चढेर जानु भएको थियो । त्यसबेला महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले महरालाई निवासबाटै पक्राउ गरेको थियो ।

तीन महिना १७ दिन डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरा सोमबार अपरान्ह थुनामुक्त हुँदा पनि सोही रातो कार चढेर निवास फर्कनु भएको छ । उहा खुमलटारस्थित निवास जानु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।