जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार १९:०९

प्रधानमन्त्रीले गर्नुभयो काभ्रेमा जननेता मदन भण्डारीको शालिक अनावरण


काभ्रे, फागुन ५

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेमा जननेता मदन भण्डारीको स्मृतिपार्क तथा शालिक अनावरण गर्नुभएको छ । धुलिखेल नगरपालिका–११ काभ्रे भञ्ज्याङमा रहेको स्मृती पार्कको उद्घाटन र शालिक अनावरण गर्नुभएको हो ।

सोमबार नगरपालिकाको ३४ औँ स्थापना दिवसमा सहभागी हुनुअघि उहाले सो शालिकको अनावरण गर्नुभयो । शालिकसहितको पार्क प्रदेश सरकारले १५ लाख र नगरपालिकाले १५ लाख गरी ३० लाखमा निर्माण भएको हो । नगरपालिकालाई विभिन्न क्षेत्रबाट सहयोग गरेको भन्दै स्थापना दिवसको अवसर पारेर विभिन्नव्यक्तिहरूलाई नगरपालिकाले सम्मान गरेको थियो ।