जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार २०:१९

गायक प्रकाश कटुवाल पक्राउ, यस्तो छ कारण


तनहुँ, फागुन ५ । तनहूँको बन्दीपुर गाउँपालिकाको डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा लोकदोहोरी गायक प्रकाश कटुवाल विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ । गुरुङकी छोरी सोनीकाले आज गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको हो ।

जाहेरी परेसँगै गायक कटुवाललाई प्रहरीले हिरासतमा राखेको छ । उहाँ जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय तनहूँका एसपी बिनोद सिलवालले गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग दर्ता भएको जानकारी दिनुभयो । डुम्रेका व्यसवायीहरुले आईतबारदेखि गायक कटुवालविरुद्ध जाहेरी दिने प्रयास गरेपनि प्रहरीले सोमबार मात्र जाहेरी दर्ता गरेको थियो । शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी बान्ता गरेपछि सोही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवाल विच सामान्य भनाभन समेत भएको थियो । केही समय भनाभन भएपनि दुई पक्ष विच पछि सहमती भई मिलापत्र समेत भएर गायक पोखरा गएको निकट श्रोतले जनायो ।

साँझ घरमा खाना खाई बसेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले एक्कासी रडले आक्रमण गरेपछि सख्त घाईते हुनुभएको थियो । उहाँको अहिले काठमाडौंमा उपचार भईरहेको छ । सो आक्रमmणमा गायक कटुवाल संलग्न भएको आरोप पीडितका परिवारले लगाएका छन् । र सोही आरोपमा उहाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको हो ।