जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार ०७:२४

बेलायती सांसद डेबी अब्राहम्सलाई भारत प्रवेशमा रोक


 

नयाँदिल्ली, फागुन ६ । भारतले बेलायती लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ। सांसद अब्राहम्स कश्मीर मुद्दाकी कटु आलोचक हुन्। कश्मीरबाट संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको भन्दै आलोचना गरेकी उनको भिसा नै रद्द गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारतले गत अगष्टमा जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको थियो। सरकारले गरेको यस निर्णयको भारतमा प्रशंसा भएपनि विश्वका कयौं मुलुकमा भने त्यसको विरोध भएको थियो।

व्यक्तिगत प्रयोजनको लागि भारत आएकी अब्राहम्सलाई दिल्ली विमानस्थलमै रोकिएको थियो।