जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार १५:१९

महिलालाई उद्यमसँग जोड्न अभिमुखीकरण


काठमाडौं, फागुन ६

सीप सिकेका महिलालाई उद्यमसँग जोड्नका लागि अभिमुखीकरण तालीम दिइएको छ । काठमाडौँ महानगरपालिका–११ का ३० महिलालाई श्रीसाथी नेपालले अभिमुखीकरण तालीम दिन थालेको छ । संस्थाका अध्यक्ष सरिता सापकोटाले सीप सिकेर पनि उद्यमशिलता बन्ने महिला लागि सहयोग गर्ने उद्देश्यले तालीम आयोजना गरिएको बताउनुभयो ।

उहाँले सहभागी महिलाले आफूलाई लागेको सीपका बारेमा छलफल गर्ने र संस्थाले ती महिलालाई उद्यमशीलता बनाउन सहयोग गर्ने बताउनुुभयो । तालीममा महिलालाई फर्म दर्ता गर्नेदेखि लिएर बैंकसँग सहुलितय ऋण उपलब्ध गराउन सिकाइने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा वडा नंं ११ का कर्मचारी गजेन्द्रबहादुर कार्कीले स्थानीय महिलालाई स्थानीय सरकारले नै स्वरोजगार बनाउने भएकाले आफूहरु महिलालाई उद्यमशिलता बनाउन तयार रहेको बताउनुभयो ।

महिला युवा उद्यमी मेनका पर्छाइँले महिला उद्यमीलाई कुनै व्यवसाय सञ्चालन गर्न सरकारले पनि सहुलियत गर्नुपर्ने बताउनुभयो । शर्मिला कार्कीले महिलालाई उद्यमसँग कसरी जोड्न सकिन्छ, मानुषीयमी भट्टराईले महिला र उद्यम, हरि कट्टेलले व्यावसायिक रुपमा फर्म कसरी दर्ता गर्न सकिन्छ र इन्दिरा कोइरालाले सकारात्मक सोचको विकास भन्ने विषयमा तालिम दिनुहुने छ ।