जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार १६:०३

बालुवाटार प्रकरण : न्यायाधीश गौतमको रिट सर्वोच्चद्वारा खारेज


काठमाडौ, फागुन ६

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएका चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सो जग्गा व्यक्तिको नाममा पु¥याउन आफ्नो कुनै भूमिका नरहेकाले आफुविरुद्ध लगाइएको मुद्दा खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए ।

न्यायाधीश डा मनोजकुमार शर्माको सोमबारको इजलासले रिट खारेज गरेको हो । माघ २९ गते दर्ता भएर दोस्रो पटक पेशीमा चढाइएको रिटमाथि सुनुवाई गर्दै शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । इजलासले गौतमको रिट खारेज हुने फैसला समेत सुनायो । सर्वोच्चले रिट खारेज गरेसँगै जिल्ला न्यायाधीश गौतममाथिको निलम्वन यथावत रहने भएको छ ।

कानून सेवाको उपसचिवको रुपमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहँदा बालुवाटारको सरकारी जग्गामा बाटो लगायतका पूर्वाधार बनाउने कार्यमा आफू निर्णयकर्ताको भूमिका नरहेकाले आफूविरुद्ध लगाइएको मुद्दा खारेजीका माग गर्दै जिल्ला न्यायाधीश गौतमले माघ २९ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।