काठमाडौं, फागुन ८
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका विषयमा जानकारी दिन दुई वटा रोबोट खटिएका छन् । जसलाई ‘पर्यटन परी’ नाम दिइएको छ ।
बिहीवार एक कार्यक्रम आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईवटा रोबोट जडान गरेको र ती रोबोटको नाम पर्यटन परी राखिएको छ ।
नेवारी पहिरनमा (हाकु पट्यासी)सारी लगाएर राखिएका ती रोबोटलाई पर्यटनमन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गर्नुभयो । पर्यटन परी नाम दिइएको उक्त रोवोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा रहने छन् ।
उक्त रोवोटहरूले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रकृया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतका पक्षका विषयमा जानकारी गराउने बताइएको छ । यी रोबोट नेपाली प्राबिधिकले नेपालमा नै तयार गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्