जनता टाइम्स

९ फाल्गुन २०७६, शुक्रबार १२:४७

उपभोक्तासँग २ लाख घुस लिएका टेक्निसियन अख्तियारको फन्दामा


सुर्खेत, फागुन ९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्तासँग २ लाख घुस लिएका एक टेक्निसियनलाई पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका, सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर केसीलाई अख्तियारले विहिवार घुसको रकमसहित पक्राउ गरेको हो ।

नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख मागेका थिए । केसीलाई घुस बापतको रकम दुइ लाख लिइसकेको अबस्थामा भेरीगंगा नगरपालिका–१० मदानीचौरस्थित उन्नती टोलबाट विहिवार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिनुभयो ।