भक्तपुर, फागुन ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तामा गएपछि कम्युनिष्ट आदर्शबाट च्युत हुने खतरा नेपालमा पनि देखिएको भन्दै गम्भीर चिन्ता प्रकट गर्नुभएको छ । भक्तपुरमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो चिन्ता जनाउनु भएको हो ।
‘कम्युनिष्ट पार्टीका नेताहरु कम्युनिष्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्युत भएपछि आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ, आफैले आफैंलाई सिद्धाउने रहेछन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । कम्युनिष्ट पार्टीहरु सत्तामा नहुँदा आन्दोलन र क्रान्तिमा हुँदा त्याग र तपस्या गर्न सक्ने र जनतासँग घुलमिल हुन सक्ने तर सत्ता प्राप्त गरिसकेपछि त्यो आदर्शबाट विचलित हुने थुप्रै घटनाहरु विश्व इतिहास र नेपालको इतिहासमा पनि देखिने गरेका उहाँको भनाई थियो ।
उहाँले नेपालका कम्युनिष्ट नेताहरुलाई कसैले पराजीत गर्न नसक्ने भएपनि आफ्नै कारणले पराजीत हुनपर्नेतर्फ पनि सचेत गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्