जनता टाइम्स

९ फाल्गुन २०७६, शुक्रबार १६:०१

जन्मदिन मनाउन आफ्नै जन्मघर तेह्रथुमको इवा तीनसल्ले आउँदै प्रधानमन्त्री ओली, यस्तो छ तयारी


तेह्रथुम, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओली यस वर्षको आफ्नो जन्मदिन जन्मघरमै तेह्रथुममै आएर मनाउनु हुने भएको छ । फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुमस्थित इवाको तीनसल्ले आउने हुनभएको हो ।

प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा जन्मिनुभएको थियो । पहिलो पटक प्रधानमन्त्री ओली आफ्नो गाउँ आउन लागेको थाहा पाएर यहाँका स्थानीयबासीहरु निकै उत्साहित भएका छन् । ओली जन्मिएको पहाडी घर विक्रिभइसकेको थियो । तर आफ्नो थातथलो संसक्षण गर्न प्रधानमन्त्री ओलीले केही वर्ष अघि किन्नुभएको थियो । २०२४ सालमा ओलीका पिता मोहनप्रसाद ओली साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झर्नुभएको थियो ।

तर प्रधानमन्त्री ओलीले सोही घर र घर रहेको ३० रोपनी जग्गा समेत साढे १० लाख रुपैयाँमा किन्नुभएको हो । बुबा मोहनप्रसादले पहाडको घर किन्न आग्रह गरेपछि प्रधानमन्त्री ओलीले बुवाको इच्छा पुरा गर्नुभएको हो । प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो । १२ वर्ष अघि मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली दोस्रो पटक पनि मृगौला प्रत्यारोपणको तयारीमा हुनुहुन्छ । केही महिना अघि मृगौलाले काम गर्न छोडेपछि अहिले उहाँ नियमित डायलासिसमा रहनुभएको छ ।

ओली जन्मिएको पहाडी घर विक्रिभइसकेको थियो । तर आफ्नो थातथलो संसक्षण गर्न प्रधानमन्त्री ओलीले केही वर्ष अघि किन्नुभएको थियो । २०२४ सालमा ओलीका पिता मोहनप्रसाद ओली साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झर्नुभएको थियो 

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन जन्मघरमै गएर मनाउने चाहना राखेपछि त्यसको तयारी गरिएको छ । घर नजिकै हेलिप्याड निर्माण गरिएको छ भने बाटो पनि बनाईएको छ । सोही बखत प्रधानमन्त्री ओलीले पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास समेत गर्नुहुने छ । ‘पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन सहित प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाउनुको साथै आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास समेत गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली आउनु हुने भएपछि प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीसहितको टोली तेह्रथुम आइसक्नु भएको छ । प्रधानमन्त्री ओलीको भ्रमणको आवश्यक ब्यवस्था मिलाउन सचिवालयको टोली आएको हो ।