जनता टाइम्स

९ फाल्गुन २०७६, शुक्रबार १८:१९

प्रचण्डको नातिनीको गीतमा कार्टुन क्रुको लोभलाग्दो डान्स (भिडियोसहित)


काठमाडौं, फागुन ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डकी नातिनी तथा गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ । गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक भएको हो ।

यो गीत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेख्नुभएको हो । गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ । थपलियाको शब्द रहेको यसअघिको ‘माछीले खाने खोली लेउ’ गीत पनि चर्चित छ । जसमा कार्टुन क्रुकै अभिनय रहेको थियो । ‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत रहेको छ । एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गर्नुभएको छ ।

यस्तै रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनारको रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गर्नुभएको छ । शुभ मिडिया होमले निर्माण गरेको यो गीतको शुटिङ कोर्डिनेटर बालकृष्ण ओली हुनुहुन्छ । गीतको भिडियोको शुटिङ झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरि अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिनुभयो ।