जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार १३:३७

पशुपतिको श्रृगार : बाँदरले हैन, मान्छेले बनाए उजाड


काठमाडौं, फागुन १०

महाशिवरात्रीका दिन दुई करोड बढिको पुष्पबाट श्रृगारिएको पशुपति क्षेत्र भोली पल्टै उजाडिएको हो । पशुपतिमा निक्कै ठुलो सख्यामा बाँद पाइन्छ । तर, सुन्दा अचम्म लाग्छ । ति फुल बाँदरले हैन मान्छेले चोरेर लगेका हुन् ।

पशुपतिनाथ मन्दिर र परिसरलाई साँच्चै बेहुलीझैं सजाइएको थियो। विभिन्न देशबाट ल्याइएका फूलबाट पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार, शिवलिंग, शिवको बाहन साँढे सजाइएको थियो।

तर महाशिवरात्रिको भोलिपल्टै पशुपति क्षेत्रको स्वरूप भने फेरिएको छ। अहिले ती सबै फूल चोरी भएका छन्। पशुपति क्षेत्र अहिले कुरूप देखिएको छ ।

शनिबार बिहान त्यहाँ पुग्दा पशुपतिनाथ र परिसरमा सजाइएका फूल अधिकांश त चोरी भइसकेका थिए। कोही भने एउटा दुइटा भन्दै सजाइएका फूल लिँदै थिए ।

त्यहाँ खटिएका सुरक्षाकर्मी पनि मान्छेका त्यस्ता व्यवहार देखेर हैरान थिए । उनीहरूले आफूले भ्याएसम्म मान्छेलाई सम्झाउँदै फूल नटिप्न आग्रह गर्दै थिए ।

यसअघि पनि तिनकुेनमा सजाइएका फुल, बोटविरुवा र झारका चपरी मानिसले चोरेर लैजान थालेपछि सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाले नै २४ सैं घण्टा सुरक्षा दिनु परेको थियो ।