जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार १३:५८

क्यानभासमा रविन्द्र


पोखरा, फागुन १०

तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको प्रथम स्मृति दिवस पारेर पोखरामा शनिवार ‘क्यानसभासमा रविन्द्र’ कला कार्यशालाको आयोजना गरिएको छ ।

कला कार्यशालामा सहभागी कलाकारहरुले रविन्द्रका विभिन्न प्रकारका चित्रहरु बनाएका थिए । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विभिन्न कलाकारहरुले सहभागीता जनाएका थिए ।

अधिकारीको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परि २०७५ फागुन १५ गते मृत्यु भएको थियो । ताप्लेजुङमा भएको उक्त हेलिकप्टर दुर्घटनामा अधिकारी सहित ७ जनाको निधन भएको थियो ।