जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार ११:०१

इवा जाने बेला बालुवाटारमा सरप्राइज ‘बर्थ डे सेलिब्रेसन’


काठमाडौं, फागुन ११

प्रधानमन्त्री केपी शर्मा ओली ६९ औं जन्मदिन पारेर जन्मथलो आठराई जाने तयारी गर्दै हुनुहुन्थ्यो । आइतवार विहान ९ बजे उहा जन्मघर तेह्रथुम आठराई गाउँपालिका–४ इवा जाने तयारी गर्दै हुनुहुन्थ्यो ।

तेह्रथुम जाने तयारी गर्दै गर्दा बालुवाटारस्थित सरकारी निवासमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेता तथा शुभेच्छुकहरु भेला भईसक्नु भएको थियो । त्यसै बेला उहालाई सरप्राइजका रुपमा केक आइपुग्यो । कसैले आग्रह गरेपछि नाइ नभन्न नसक्ने प्रधानमन्त्री ओलीले तत्कालै सबैका अगाडी केक काटेर जन्मदिनको खुशीयाली साट्नु भयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललगायत सबैले उहालाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो । प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद र पत्नी राधिकालाई दायाँ–बायाँ राखेर केकसमेत काटेर वितरण गर्नुभएको थियो ।