जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार १८:२०

प्रधानमन्त्री ओली पहिलो पटक जन्मदिन मनाउन जन्मथलो इवा तीनसल्ले पुग्दा (फोटोफिचर)


तेह्रथुम, फागुन ११

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुग्नु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न २ बजे उहा इवा आइपुग्नु भएको हो ।

उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत हुनुहुन्छ ।