वागमतीसमाचारसमाज

मिनी ट्रकको ठक्करबाट भक्तपुरमा बालकको मृत्यु

भक्तपुर, फागुन १२

भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ । ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो ।

मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बीएन्डबी अस्पताल ग्वार्को ललितपुर लगिएकामा उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने सवारीसाधन र चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई हाल सूर्यविनायक–१० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Comment here