जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार ११:५८

अध्यक्षद्वयको छलफल लगत्तै नेकपाको सचिवालय बैठक


काठमाडौं, फागुन १४

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । अमेरिकी सहयोग परियोजना एमसिसी लगायतका पछिल्ला राजनीतिक अवस्थाका बारेमा निर्णय गर्न सचिवालय बैठक बसेको हो ।

यसअघि बसेको सचिवालय बैठकले अर्को बैठकमा एमसिीका विषयमा निर्णय गर्ने सहमति जुटेको थियो । सचिवालय बैठक अघि सचिवालय बैठकका एजेन्डा तय गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटवार्ता लगत्तै सचिवालय बैठक शुरु भएको छ ।

बैठकमा सचिवालयका सबै सदस्य सहभागी हुनुभएको छ । गत शुक्रबार वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलले एमसिसीबारे आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा एमसिसी यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव कार्यदलले दिएको छ।