काठमाडौं, फागुन १५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो विकसित राजनीतिक घटनाक्रमपछि पहिलो पटक शिर्ष नेताहरु एउटै मञ्चमा देखापर्नुहुने भएको छ ।
राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव नेपाललगायतका नेताहरुले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उपाध्यक्ष बामदेव गौतमको विषयलाई लिएर पार्टीभित्र आन्तरिक कलह चर्किएका बेला शीर्ष नेताहरुको उपस्थिति र सम्बोधनलाई महत्वका साथ लिइएको छ। कार्यक्रममा नेकपा अन्य वरिष्ठ नेताहरु पनि सहभागी हुनुहुनेछ ।
यसअघि ४ फागुनमा कोहलपुर (बाँके)मा भएको प्रदेश–५ स्तरीय र ६ फागुनमा सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओली उपस्थित हुनु भएको थिएन भने १२ फागुनमा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्ड सहभागी हुनु भएन् ।
प्रतिक्रिया दिनुहोस्