जनता टाइम्स

१५ फाल्गुन २०७६, बिहीबार १४:०३

महोत्तरी दुर्घटनामा माले महासचिव सीपी मैनालीसहित ४ जना घाइते, स्वास्थ्य अवस्था गम्भीर


काठमाण्डौं, फाल्गुन १५ गते । महोत्तरीमा पूर्वमन्त्री चन्द्र प्रकाश मैनाली(सिपी मैनाली) चढेको गाडी दुर्घटना भएको छ । मैनाली सवार गाडीलाई टिप्परले ठक्कर दिदा पूर्वमन्त्री मैनाली सहित ४ जना घाइते भएका छन् । दुर्घटनास्थलबाट उद्धार गरी उपचारको लागि महोत्तरीको बर्दिबासस्थित जनसेवा अस्पताल भर्ना भएका सबैलाई थप उपचारको लागि काठमाण्डौं ल्याइने भएको छ ।

पूर्वमन्त्री मैनाली सहितका घाइतेलाई थप उपचारको लागि काठमाण्डौंस्थित ग्राण्डी अस्पताल ल्याउन गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर महोत्तरी पठाएको छ ।  खुट्टा र टाउँकोमा गम्भीर चोट लागेको पूर्वमन्त्री मैनाली सहितका घाइतेहरुलाई केही बेरमा नेपाली सेनाको हेलिकप्टरले काठमाण्डौै ल्याउने छ ।

महोतरीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीका अनुसार बर्दिबासबाट सिन्धुली तर्फ जाँदै गरेको सीपी मैनाली सवार बा.७च. २१२० नम्बरको कारलाई विपरित दिशाबाट आउँदै गरेको ना.४ च. ७६६८ नम्बरको पिकअप टिप्परले महोत्तरी जिल्लाको बर्दिबास कालापानी भन्ने स्थानमा ठक्कर दिएको हो । वहाँका अनुसार दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।