जनता टाइम्स

१५ फाल्गुन २०७६, बिहीबार १६:१२

कञ्चनपुरमा एक दम्पतीको घाँटी रेटी हत्या


कञ्चनपुर, फाल्गुन १५ गते ।  कञ्चपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ मा विहीवार दिउँसो एक दम्पती मृत भेटिएका छन् ।  बर्षको ५२ को जयलाल भण्डारी र बर्ष २२ की उनकी पत्नी धनदेवी भण्डारी आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आफ्नै घरको दुई छुट्टाछुट्टै कोठमा घाँटी रेटिएको अवस्था मृत अवस्था रहेको भनी सूचना प्राप्त भएपछि घटनास्थल कुकुर सहित प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार केही बेर मात्रै घटनाबारे जानकारी आएकोले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान थालिएको छ ।