काठमाडौं, फागुन १५
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको बताउनु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई बिहीवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले किड्नी ट्रान्सप्लान्ट गरेर फर्किएको भोलिपल्टैबाट कामलाई निरन्तरता दिने घोषणा समेत गर्नुभयो ।
निक्कै उत्साहित शैलीमा भाषणा गर्नुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब केही दिनभित्र अर्को किड्नी ट्रान्सप्लान्ट गर्छु, ५ दिन हस्पिटल बस्छु, छैठौं दिन घर आउँछु, त्यसपछि काम गर्छु ।’
कतिपयले अहिले पनि आफूलाई बिरामी भन्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले आफूले निरन्तररूपमा दैनिक १७÷१८ घण्टा काम गरिरहेको बताउनु भयो । ‘जिन्दगी हो, यता उता त हुन्छ, तर अझैपनि १४÷१५ वर्ष बाँच्छु, बाचुन्जेल देश बनाउने काममा क्रियाशिल हुन्छ’, उहाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्