जनता टाइम्स

१६ फाल्गुन २०७६, शुक्रबार ०९:१६

सुदूरपश्चिममा राष्ट्रपतिको भव्य स्वागत (फोटोफिचर)


बैतडी, फागुन १६

राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने लामो भ्रमणका क्रममा हुनुहुन्छ । उहा बिहीबार सुदुरपश्चिमस्थित बैतडी जिल्ला पुग्नुभयो । बैतडीको पाटनमा स्थापना भएको भीमदत्त प्राविधिक शिक्षालय (पोलिटेक्निक ईन्स्टिच्युट) को उद्घाटन गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीलाई सुदूरपश्चिमको चर्चित छलिया नाच देखाउँदै दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकाले नागरिक अभिनन्दनसहित विहीबार मायाको चिनो प्रदान गरेको थियो । भव्य स्वागतका बीच पुजाआजा र केही महत्वपूर्ण उद्घाटन गर्नुभएकी राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश आफैंमा सम्बृद्ध रहेको बताउनु भयो ।

दशक पहिले बैतडी आएको स्मरण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडी जिल्ला अमर सहिद दशरथ चन्दको जिल्ला र कला संस्कृतिको धनी क्षेत्र भएको बताउँनुहुँदै पछिल्लो समय बैतडीले राष्ट्रिय अन्तर्राष्टिय क्रिकेट क्षेत्रमा सफलता हासिल गरेको देख्दा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो ।

यसअघि राष्ट्रपति भण्डारीले बैतडीस्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजा गर्नुभएको थियो । त्रिपुरासुन्दरी भगवतीको दर्शनसंगै दशरथचन्द नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दन समेत गरेको थियो। नगरपालिकाका तर्फबाट राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरिएको हो ।