मकवानपुर, फागुन १८
नेपाली कांग्रेसभित्र पदका लागि रकमको लेनदेन हुने गरेको एक वरिष्ठ नेताले खुलासा गरेका छन् । सभापति शेरबहादुर देउवाले रकम लिदै पद बाँडेको आरोप कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले लगाउनु भएको हो ।
देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीय रूपमा १३ विभाग गठन गरेको भन्दै पौडेलले यस्तो गम्भिर आरोप लगाउनु भएको हो । संसदमा भ्रष्टचारकाविरुद्ध बोलिरहेका देउवामाथी आफ्नै पार्टीका दोस्रो वरियतामा रहेका नेताले गम्भिर आरोप लगाउनु भयो ।
‘पार्टीको महाधिवेशन सुरु भइसकेको छ । आचारसंहिता लागू भइसकेको छ । यस्तो अवस्थामा पार्टी सभापतिले नीतिभन्दा बाहिर गएर विभाग गठन गरिरहेका छन् । जुन गलत भइरहेको छ’, आइतबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले भन्नुभयो, ‘राम्रो काम गरेर पार्टीभित्र आफ्नो प्रभाव बढाउनेभन्दा पनि पैसासँग पद बाँडेर पार्टीमा आफ्नो वर्चश्व बढाउनेतर्फ नेतृत्व अगाडि बढिरहेको छ । यो नीतिले प्रजातन्त्रलाई घायल बनाइरहेको छ ।’ उहाले सभापतिको गलत कदमका कारण पार्टी कमजोर भइरहेको समेत बताउनु भयो ।
कांग्रेसको १४ औं महाविधेशन २०७७ फागुन ७–१० गतेसम्म तय भएर आचारसंहित लागू भइसकेको अवस्थामा पार्टी विधानविपरीत छ महिनाभित्रमा गठन हुनुपर्ने विभाग चार वर्षपछि गठन गरिएकोप्रति उहाको आपत्ति छ ।
आइतबार हेटौंडामा पौडेल पक्षधरका वाग्मती प्रदेश सभापतिहरुको भेला रहेको छ । भेलामा कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा पूर्वअर्थमन्त्री रामशरण महतलगायतका नेताको उपस्थिति छ ।
प्रतिक्रिया दिनुहोस्