काठमाडौं, जेठ २
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अनेरास्ववियुको अध्यक्षमा ऐन महरलाई चयन गरेको छ । बालुवाटारमा जारी सचिवालय बैठकले अनेरास्वावियुको अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई चयन गरेको हो ।
महर तात्कालिन एमाले निकट अनेरास्वबियूका महासचिव र तामाङ अखिल क्रान्तिकारीका अध्यक्ष हुनुहुन्थ्यो । सचिवालय बैठकले जनबर्गीय संगठनको नेतृत्व पनि टुंगो लगाएको छ । यद्यपी आधिकारिक घोषणा भने भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्