जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १८:२८

नेकपाले छान्यो सवै जनसंगठनको संयोजक–सहसंयोजक (सूचीसहित)


काठमाडौं, जेठ २

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न सचिवालय बैठकले जनसंगठनको एकता टुंगो लगाएको हो ।

बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारीसमेत टुंगो लगाएको छ । बैठकले अनेरास्ववियूको संयोजकमा पूर्वएमालेबाट ऐन महर, सहसंयोजकमा पूर्वमाओवादीबाट रञ्जित तामाङ, युवाको संयोजकमा पूर्वमाओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्वएमालेबाट रमेश पौडेल, महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।

त्यस्तै वुद्धिजीवीको संयोजकमा पूर्वएमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्वमाओवादीबाट कृष्ण केसी र मजदुरको संयोजकमा पूर्वएमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडालाई चयन गरेको हो । यसैगरी पत्रकारको संयोजकमा पूर्वमाओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्वएमालेबाट गणेश बस्नेत चयन हुनुभएको छ ।