जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १९:५९

यी हुन नेकपाका जनसंगठनका संयोजक र सहसंयोजक (निर्णय सूचीसहित)


काठमाडौं, जेठ २

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता भएको एक बर्षपछि जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकले पूर्वएमाले र पूर्वमाओवादीको भागबण्डा गरी संयोजक र सहसंयोजकको टुंगो लगाएको हो ।

सचिवालयको निर्णयअनुसार सचिवालय सदस्य बामदेव गौतम पुन किसान महासंघको नेतृत्वमा आउनु भएको छ । गौतम संयोजक र सहसंयोजकमा पूर्वमाओवादीका सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ चयन हुनुभएको छ । प्रेस संगठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेत चयन भएका छन । संयोजक दाहाल पूर्वमाओवादी भातृसंगठन प्रेस सेन्टर नेपालका अध्यक्ष र सहसंयोजक बस्नेत पूर्वएमाले भातृसंगठन प्रेस चौतारी नेपालका अध्यक्ष हुनुहुन्छ ।

यसैगरी पेशागत महासंघमा बिश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक हुनुभएको छ । प्याकुरेल पूर्वएमाले र बस्याल पूर्वमाओवादी हुन । यसैगरी भूपू सैनिकमा पूर्वएमालेका धनबहादुर चन्द र सहसंयोजकमा पूर्वमाओवादीका मिठाराम केसी, अपांगतातर्फ पूर्वमाओवादीका इन्द्रमाया गुरुङ र सहसंयोजकमा पूर्वएमालेका रामप्रसाद ढुंगाना चयन हुनुभएको छ ।

यसैगरी जनसाँस्कृतिक महासंघमा पूर्वएमालेका खगेन्द्र राई संयोजक, पूर्वमाओवादीका सरल सहयात्री सहसंयोजक, उद्योगी ब्यवसायीमा पूर्वएमालेका लक्ष्मीदास मानन्धर संयोजक, पूर्वएमालेका श्याम पाठक सहसंयोजक, खेलकुद महासंघमा पूर्वएमालेका पुरुषोत्तम पौडेल संयोजक, पूर्वमाओवादीका शिव कोइराला सहसंयोजक, बुद्धिजिवितर्फ पूर्वएमालेका डा दिनेशचन्द्र देवकोटा संयोजक, पूर्वमाओवादीका कृष्ण केसी सहसंयोजक, भूमीहीनतर्फ पूर्वएमालेका रामप्रित पासवान संयोजक र पूर्वमाओवादीका पदम राई सहसंयोजक हुनुभएको छ ।

यसैगरी जनजाती महासंघमा पूर्वमाओवादीका सुरेश आलेमगर संयोजक, पूर्वएमालेका शेरबहादुर तामाङ सहसंयोजक, मानवअधिकार एलाइन्समा पूर्वएमालेका मीनबहादुर शाही संयोजक, पूर्वमाओवादीका हुकुम पोखरेल, सहसंयोजक, दलितमा पूर्वमाओवादीका तीलक परियार संयोजक, पूर्वएमालेका बमबहादुर बिक सहसंयोजक, मुस्लिमतर्फ पूर्वएमालेका सिराज अहमद फारुकी संयोजक र पूर्वमाओवादीका अत्तहर हुनेस फारुकी सहसंयोजक, महिलातर्फ पूर्वमाओवादीकी अमृता थापा संयोजक, पूर्वएमालेकी सीता पौडेल सहसंयोजक चयन हुनुभएको छ ।

यसैगरी मजदुरतर्फ पूर्वएमालेका बिनोद श्रेष्ठ संयोजक, पूर्वमाओवादीका जगत सिंखडा सहसंयोजक, युवातर्फ पूर्वमाओवादीका रामप्रसाद सापकोटा दिपशिखा संयोजक र पूर्वएमालेका रमेश पौडेल सहसंयोजक तथा बिद्यार्थीतर्फ पूर्वएमालेका ऐन महर संयोजक र पूर्वमाओवादीका रञ्जित तामाङ सहसंयोजक चयन हुनुभएको छ ।

युवा संगठन : संयोजक – रामप्रसाद सापकोटा, सहसंयोजक – रमेश पौडेल

प्रेस संगठन : संयोजक – महेश्वर दाहाल, सहसंयोजक – गणेश बस्नेत

महिला संगठन : संयोजक – अमृता थापा, सहसंयोजक – सीता पौडेल

मजदूर संगठन : संयोजक – विनोद श्रेष्ठ, सहसंयोजक जगत – सिम्खडा

बुद्धिजीवी संगठन : संयोजक – दिनेशचन्द्र देवकोटा, सहसंयोजक – कृष्ण केसी

किसान संगठन : संयोजक – वामदेव गौतम, सहसंयोजक – चित्र बहादुर श्रेष्ठ

पेशागत संगठन : संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक – दयाराम बस्याल

अपाङ्ग संगठन : संयोजक – ईन्द्रमाया गुरुङ, सहसंयोजक – रामप्रसाद ढुंगाना

मुस्लिम संगठन : संयोजक – सिराज अहमद फारुकी, सहसंयोजक – अतहर हुसेन

दलित संगठन : संयोजक – तिलक परियार, सहसंयोजक – होम बहादुर बिक

मानवाधिकार एलाइन्स : संयोजक – मीनबहादुर शाही, सहसंयोजक – हुकुम पोखरेल

जनजाति संगठन : संयोजक – शुरेश आलेमगर, सहसंयोजक – शेरबहादुर तामाङ

भूमिहीन संगठन : संयोजक – रामप्रित पासवान, सहसंयोजक – पदम देवकोटा

खेलकुद संगठन : संयोजक – पुरुषोत्तम पौडेल, सहसंयोजक – शिव कोइराला

जनसांस्कृतिक संगठन : संयोजक – खगेन्द्र राई, सहसंयोजक – सरल सहयात्री

उद्योग संगठन : संयोजक – लक्ष्मीराज मानन्धर, सहसंयोजक – श्याम पाठक

भूपू सैनिक संगठन : संयोजक – धनबहादुर चन्द, सहसंयोजक – मिठाराम केसी

इन्जिनियर संगठन : संयोजक – शम्भुबहादुर श्रेष्ठ, सहसंयोजक – हरि पराजुली

प्रवास भारत संगठन : संयोजक – लोकनाथ भण्डारी, सहसंयोजक – इश्वरी भण्डारी

नेपाल कानुन व्यवसायी संगठन : संयोजक- रुद्र नेपाल, सहसंयोजक – दीनमणि पोखरेल