काठमाडौं, फागुन २०
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा भर्ना हुनु भएका प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना राष्ट्रपतिले गर्नुभएको हो ।
उहाँले आज अपराह्न ट्वीट गर्दै भन्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला भोली विहान प्रत्यारोपण गरिने तयारी भईरहेको छ । अहिलेसम्म गरिएको सबै स्वास्थ्य जाँचहरु राम्रो रहेको रिपोर्ट आएपछि भोली विहान ९ बजे प्रत्यारोपण शुरु गरिने तयारी भईरहेको छ । करिव तीन देखी पाँच घण्टा लाग्ने बताइएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेता तथा मन्त्रीहरु अस्पताल पुग्ने क्रम भने आज दिउसोसम्म चलिरहेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले आज राजिनामा दिनु अघि प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । उहाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्