जनता टाइम्स

२० फाल्गुन २०७६, मंगलवार २१:२६

अध्यक्ष प्रचण्डले अस्पताल पुगेर प्रधानमन्त्रीलाई गर्नुभयो सफल मिर्गौला प्रत्यारोपणको कामना


काठमाडौं, फागुन २०

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारीमा रहनु भएका प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न उहा मंगलबार अपरान्ह त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ ।

मास्क लगाएर अस्पताल पुग्नु भएका प्रचण्डले स्वास्थ्य अवस्था बारे जानकारी लिदै सफल प्रत्यारोपणको कामना समेत गर्नुभएको छ । अस्वस्थताका बीचमा अध्यक्ष प्रचण्ड सफल प्रत्यारोपणको कामना गर्न अस्पताल नै पुग्नु भएको हो । सोमबार पनि भेटघाट गर्न नपाउनु भएका प्रचण्डले प्रत्यारोपण अगाडी अस्पतालमै पुगेर भेट गर्नुभएको हो ।