जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार ०९:२०

गगन थापाले भन्नुभयो – स्वस्थ भएर फर्कनुहोस् प्रधानमन्त्रीज्यु, हामी स्वागत गर्न कुरिरहेका छौं


काठमाडौं, फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण भईरहेको छ । उहालाई प्रत्यारोपणको सफलताको कामना गर्दै सवैबाट शुभकामना आईरहेको छ । यसैक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद एंव नेता गगन थापाले स्वस्थ भएर चाडै घर फर्किन भन्दै शुभकामना दिनु भएको छ ।

उहाले बुधबार विहानै सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘प्रधानमन्त्रीज्यु नेपालको उत्कृष्ट अस्पताल , उम्दा क्षमताको चिकित्सक र स्वास्थ्यकर्मीको टोली, अनि तपाईंको गजबको आत्मविश्वास र हामी सबै नेपालीको शुभेच्छा, पूर्ण विश्वास छ स्वस्थ भएर चाडैं घर फर्कनुहुनेछ । हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं ।’