जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार ११:२३

प्रधानमन्त्रीको मिर्गौलाको सफल प्रत्यारोपणको कामना गर्दै पशुपतिमा विशेष पूजा


काठमाडौं, फागुन २१

प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपणको सफलताको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार विहान विशेष पुजा गरेको हो ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यको कामना गर्दै रुद्राभिषेक सहितको विशेष पूजा गरिएको बताउनु भयो । उहाका अनुसार, २७ हजार रुपैयाँको रुद्राभिषेक र नवग्रह जाप सहितको विशेष पूजा गरिएको हो । यससँगै उहाले सवा लाख दिप पनि प्रज्ज्वलन गरिएको जानकारी दिनुभयो ।

पशुपतिनाथमा प्रत्येक दिन ११ हजारदेखि २५ लाख सम्मका भिन्न भिन्न विशेष पूजा गर्ने चलन छ । यसका लागि बुधबार सबैभन्दा पहिलो विशेष पूजा नै प्रधानमन्त्रीको नाममा गरिएको थियो । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल होस् र सुस्वास्थ्यको कामना गर्दै दिप प्रज्ज्वलन र कामना देशैभर गरिए पनि पशुपतिनाथ मन्दिरमा गरिएको भने यो पहिलो पूजा हो ।