जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १४:०४

सुनको मूल्यमा किर्तिमान, साँढे ८० हजारमा कारोबार


काठमाडौं, फागुन २१

सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज छापावाल सुन प्रतितोला ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८० हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ८० हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो।

फागुन १२ गते सुनको मूल्य ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसपछि सुनको मूल्य ओरालो लागेको थियो । सुनको मूल्य निरन्तर बढेपछि नेपालम कारोबार ठप्प जस्तै भएको छ । यसैगरी, बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।