जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १६:३९

मिर्गौला प्रत्यारोपणपछि अस्पतालको आयो यस्तो आधिकारिक विज्ञप्ती


काठमाडौं, फागुन २१

त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले एक विज्ञप्ती निकाल्दै मिर्गौला प्रत्यारोपण सम्पन्न भएको जानकारी दिनु भएको हो ।

‘उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलालो पनि काम गर्न सुरु गरिसकेको छ । र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ’, विज्ञप्तीमा भनिएको छ,‘उहाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ ।’