जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १७:२९

अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खतिवडाले भन्नुभयो : ‘कमाण्डरले फिर्ता नबोलएसम्म योद्धा मैदानमा लडिरहन्छ’


काठमाडौं, फागुन २१

डा. युवराज खतिवडाले दोस्रो पटक पद तथा गोपनियताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज अपरान्ह उहाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

सपथ लगत्तै उहाले अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीले नछाड भनेसम्म आफुले मन्त्रालयका काम गरिरहने बताउनु भयो । ‘कमान्डरले फिर्ता नबोलाएसम्म अथवा युद्ध नजितेसम्म योद्धा मैदानमा लडिरहन्छ’, उहाले भन्नुभयो । अर्थ मन्त्रालयपछि उहाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि पुगेर पदभार ग्रहण गर्नुभएको छ ।