जनता टाइम्स

२४ फाल्गुन २०७६, शनिबार १७:४९

विद्यार्थीको हात चिर्ने निर्दयी शिक्षिका यसरी परिन पक्राउ


काठमाडौँ, फागुन २४

परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने निर्दयी शिक्षिकालाई प्रहरीले अन्तत घरबाटै पक्राउ गरेको छ । काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्मचार्यलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चिरेर यातना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्‍वरले शिक्षिका कर्मचार्यलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले आरोपित शिक्षिकालाई शनिबार बिहान उनको घरबाटै पक्राउ गरिएको बताउनु भयो ।

उक्त एकेडेमीले शिक्षिका कर्मचार्यलाई शुक्रबार नै बर्खास्त गरिसकेको छ । बर्खास्तमा परेकी शिक्षिका सामाजिक विषय पढाउँथिन् । भक्तपुर घर भएकी उनी विगत १० वर्षदेखि सो स्कुलमा अध्यायपनरत थिइन् । जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरेर कर्मचार्य विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने एसएसपी सुवेदीले बताउनु भयो ।