चितवन, फागुन २५
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन देखि अस्वस्थ्य रहेका छन् । प्रचण्डलाई हल्का ज्वरो आएकाले गत मंगलबार प्रधानमन्त्री एंव अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न गएपछि सार्वजनिक कार्यक्रममा देखिनु भएको थिएन ।
आइतवार भने उहा चितवन पुग्नु भएको छ । कोरोना भाइरसको सन्त्रासले गर्दा अहिले नेपालमा हात मिलाउने पूर्वीय संस्कार चल्न थालेको छ । सो दृश्य भरतपुर विमानस्थलमा पनि देखियो । भरतपुर विमानस्थलमा आइतबार प्रचण्डको स्वागत गर्न चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई पुग्नु भएको थियो । उहाहरु दुवै जनाले हात मिलाउनु भन्दा नमस्कार गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्