जनता टाइम्स

२६ फाल्गुन २०७६, सोमबार ०९:४३

विविधतायुक्त समाजलाई एकतामा बाँध्ने होलीको विशेष महत्व : मुख्यमन्त्री पोखरेल


बुटवल, फागुन २६

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भ्रातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताउनुभएको छ ।

आज शुभकामना विज्ञप्ति जारी गरी उहाँले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पोखरेलले शुभकामनामा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै होली ठूला जमघटमा नभई पारिवारिकरूपमा मनाउन आग्रह गर्नुभएको छ ।